आगामी आर्थिक वर्षका लागि १४ खर्ब ७४ अर्बको बजेट (पूर्णपाठ सहित)



१५ जेठ, काठमाडौं । सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गरेको छ । बुधबार संघीय संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट पेश गरेका हुन् ।

चालु आ.व. २०७६/७७ का लागि भने सरकारले १५ खर्ब ३२ अर्बको ९६ करोड ९१ लाख रुपैयाँको बजेट ल्याएको थियो ।
आगामी आर्थिक वर्षका लागि चालुतर्फ ९ खर्ब ४८ अर्ब, पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड र वित्तीय व्यवस्थातर्फ १ खर्ब ७२ अर्ब रुपैयाँको बजेट विनियोजन गरिएको छ ।

आगामी आ.व.मा ८ खर्ब ८९ रुपैयाँ राजस्व संकलनको लक्ष्य राखिएको छ । ६० अर्ब रुपैयाँ अनुदान प्राप्त गर्ने तथा ऋण २ खर्ब ९९ अर्ब अन्तर्राष्ट्रिय ऋण लिइने अर्थमन्त्री डा. युवराज खतिवडाले बताए । आगामी वर्ष २ खर्ब २५ अर्ब रुपैयाँ आन्तरिक ऋण पनि लिने घोषणा गरिएको छ ।

हेर्नुहोस् पूर्णपाठ

बजेट_वक्तव्य_२०७७_website_financial_notices

Leave a Reply

Your email address will not be published. Required fields are marked *