Corona Virus को Test गर्न कसलाई सम्पर्क गर्ने ? नेपालमा कहाँ हुन्छ यसको को Test ?



Frequently Asked Questions about Novel Corona Virus (COVID-19) Test

1. Novel Corona Virus को Test कुन ठाउँमा गरिन्छ ?
=> यो Test राष्ट्रिय जनस्वास्थ प्रयोगशाला (NPHL) टेकु, काठमाडौंमा गरिन्छ ।

२. Suspected Corona Virus Test को लागि NPHL मा नमुना संकलन गर्ने व्यवस्था छ कि छैन ?
=> संस्कास्पद विरामीलाई isolation मा राख्नु पर्ने भएकोले नमुना सम्बन्धि Hospital ले संकलन गरेर यस प्रयोगशालामा पठाउनु पर्ने छ । विरामी सिधै यस प्रयोगशालामा आउन मिल्दैन ।

३. संकलन गरिएको नमुना कुन विधि अपनाई NPHL पठाउन सीक्नछ ?
=> VTM मा संकलन गरिएको नमुनालाई Triple Pack गरि Cold Chain Maintain (2-8 deg C) गरेर NPHL मा पठाउनु पर्नेछ ।

४. Novel Corona Virus Test गर्नको लागि पैसा लाग्छ ?
=> हाललाई यो Test यस प्रयोगशालामा निःशुल्क गरिन्छ ।

५. के यो Novel Corona Virus Test सबैले गराउन पाउँछ ?
=> डाक्टरको परामर्श पछि मात्र यो Test गराउन सकिन्छ ।

६. Corona Virus Test को लागि कुन कुन नमूना संकलन गरिन्छ ?

=> यो Test को लागि Throuat Swab, Nasal Swab आदि नमूना संकलन गरिन्छ ।

७. Novel Corona Virus Test को लागि नमूना संकलन कति बजे सम्म गरिन्छ ?
=> VTM मा संकलन गरिएको नमुनालाई Triple Pack गरि Cold Chain Maintain (2-8 deg C) गरेर ल्याएको खण्डमा २४ सै घण्टा यस प्रयोगशालामा संकलन गरिन्छ (कार्यालय समयमा नमूना संकलन गर्ने ठाउँमा र अन्य समयमा कार्यालय सहायकलाई बुझाउन सकिन्छ) ।

८. Novel Corona Virus Test को Report आउन कति समय लाग्छ र कुन ठाउँबाट लिने ?
=> यो Test को Report आउन २४ देखि ४८ घण्टा सम्म लाग्छ । लिखित Report यस प्रयोगशालाबाट लिन सकिने छ । Report Positive भएको खण्डमा सम्बन्धित Hospital र डाक्टरलाई तुरुन्त जानकारी गराईनेछ ।

९. यो Test को लागि सम्पर्क व्यक्तिहरुको मोबाईल नं. के के छ ?
१. डा. श्रवण कुमार मिश्र: ९८५११६८२२०
२. डा. रन्जित शाह: ९८२७७०१४६५
३. श्री राजेश कुमार गुप्ता: ९८५१२३९९८८
४. दिनेश थापा मगर: ९८२३१६८५४० (रात्री समयको लागि)
५. नरेश थापा मगर: ९८०३१५२१४९ (रात्री समयको लागि)

Leave a Reply

Your email address will not be published. Required fields are marked *