एकाएक सरकारद्वारा सामाजिक सञ्जाल अस्थायीरुपमा प्रतिबन्धको निर्णय, यस्तो छ…
काठमाडौं । श्रीलंका सरकारले फेसबुक, ट्वीटरलगायत अन्य सामाजिक सञ्जालमाथि अस्थायी रुपमा प्रतिबन्ध लगाएको छ । इस्टर पर्वमा भएको बम आक्रमणको विषयमा सामाजिक सञ्जालमा विवाद हुँदा उक्त घटनाले हिंसात्मक रुप लिएपछि श्रीलंकन सरकारले सामाजिक सन्जालमाथि प्रतिबन्ध लगाएको हो ।
सामाजिक संजाल फेसबुकबाट सुरु भएको विवाद बढ्दै जाँदा मुस्लिम समुदायमा ढुंगा हान्नेदेखि कुटपिटसम्मका घटनाले उग्ररुप लिएपछि हाल श्रीलंकामा फेसबकु, ट्वीटर, ह्वाट्सएपलगायत सन्देश पठाउन मिल्ने अन्य सामाजिक सञ्जालसमेत अस्थायी रुपमा प्रतिबन्धित लगाईएको अन्तर्राष्ट्रिय समाचर संस्था रोयटर्सले जनाएको छ । तथापी श्रीलंकाको विभिन्न ठाउँमा अहिले पनि हिंसात्मक घटनाहरु भइरहेका छन् ।
सरकारले यस्ता हल्लाहरु निणन्त्रण गर्नका लागि सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगायको जनाएको छ ।