नेपाल राष्ट्र बैंकबाट “घ” वर्गका लघुवित्त कम्पनीहरुलाई जारी नयाँ निर्देशन (पूर्ण पाठ सहित)



नेपाल राष्ट्र बैङ्कले इजाजत पत्र प्राप्त घ वर्गका लघुवित्त वित्तीय संस्थालाई आइतबार जारी गरेको एकीकृत निर्देशन २०७७ जारी गरेको छ । जस अनुसार अबका दिनमा लघुवित्त वित्तीय संस्था लिमिटेडले पनि स्थिर ब्याज दर कायम गर्नुपर्ने भएको हो । अब लघुवित्त संस्थाबाट कर्जा लिनेमा पनि ब्याज दर परिवर्तनको त्रास हट्ने भएको छ । साथै ब्याज पनि १५ प्रतिशतभन्दा माथि लिन नपाइने भएको छ ।

यसअघि राष्ट्र बैङ्कबाट क, ख र ग वर्गका बैङ्क तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७६ मा संशोधन÷परिमार्जन गर्दै स्थिर ब्याज दरको व्यवस्था छ । राष्ट्र बैङ्कको यो व्यवस्थाले पटके ब्याज दरको त्रासमा रहेका ऋणीहरू लाभान्वित हुने भएका छन् । निर्देशनले लघुवित्त संस्थाले आफ्ना ग्राहकसँग लिने ब्याज दर पनि अधिकतम १५ प्रतिशतसम्म निर्धारण गरिदिएको हो ।

सहकारी विभागले सहकारी संस्थालाई कर्जा लगानीमा १६ प्रतिशतभन्दा बढी ब्याज दर लिन नपाउने गरी सीमा तोकेसँगै सहकारी क्षेत्र तरङ्गित भइरहेका बेला लघुवित्त संस्थाको पनि ब्याज दरको सीमा पनि तोकिएको छ ।

नेपाल राष्ट्र बैंकबाट “घ” वर्गका इजाजतपत्रप्राप्त संस्थाहरुलाई जारी गरिएको कीकृत निर्देशन, २०७७ (पूर्ण पाठ सहित)

Unified-Directive-for-MFIs-1

Leave a Reply

Your email address will not be published. Required fields are marked *