मौद्रिक नीति कार्यान्वयन गर्न नेपाल राष्ट्र बैंकको निर्देशन



राष्ट्र बैंकले मौद्रिक नीतिमा घोषणा गरिएका व्यवस्थाहरु कार्यान्वयन गर्नका लागि निर्देशन जरी गरेको छ । केन्द्रीय बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई एकीकृत निर्देशन, २०७६ मा विभिन्न व्यवस्था परिमार्जन भएको जनाएको हो । सेयर धितो ऋणको सीमा ६५ प्रतिशत बाट ७० प्रतिशत पुर्याएको छ भने सेयर धितो ऋणको सीमा ६५ प्रतिशत बाट ७० प्रतिशत पुर्याइदिएको छ । त्यस्तै कोभिड–१९ बाट अतिप्रभावित क्षेत्रका लागि कर्जाको ब्याज तिर्ने समय १ वर्ष थप गरिएको छ ।

ग्राहकको अनुरोधमा बैक वित्तीय संस्थाले एक पटकका लागि २०७७ असोज मसान्तसम्म ग्रेस अवधि थप गरिदिन सक्ने जनाइएको छ । यसका लागि कोरानाका कारणले विगतमा कायम गरिएको ग्रेस अवधिभित्र उद्योग वा परियोजना निर्माण सम्पन्न वा सञ्चालन हुन नसकेको स्पष्ट हुनुपर्ने र अबको निर्माण सम्पन्न गर्न लाग्ने समय एकिन गर्नुपर्ने केन्द्रीय बैंकले जनाएको छ । अब चालु पुँजी कर्जाको सीमा एक पटकका लागि बढीमा २० प्रतिशत थप गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुहोस् राष्ट्र बैंकले मौद्रिक नीति कार्यान्वयन गर्नका लागि दिइएको निर्देशन (पूर्णपाठ सहित) ।

Monetary-policy-related_financial_notices

Leave a Reply

Your email address will not be published. Required fields are marked *