आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिको पोहिलो त्रैमासिक समीक्षा…
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बिहिबार मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गरेका हुन् ।
मौद्रिक नीतिको समिक्षा गर्दै नेपाल राष्ट्र बैंकले ६ महिनासम्म ब्याज भुक्तानी बक्यौता नभएका ऋणीको धितो लिलामी स्थगित गरिदिएको छ । धिताे कर्जा, रियल स्टेट कर्जा र व्यतिगत अतिविकर्श कर्जा सम्बन्धि व्यवस्थामा पुनरावलोकन गरिने जनाएको छ।
त्यस्तै अनलाइनमार्फत् निश्चित रकमसम्म विदेशी वस्तु तथा सेवा आयात गरी सोको भुक्तानी गर्न विदेशी मुद्रामा सटही सुविधा उपलब्ध गराउने व्यवस्था मिलाइने छ । बैंक तथा वित्तीय संस्थाहरुले कल निक्षेप बाहेकका ब्याज प्रदान गरिने निक्षेप खाताहरुमा दिइने अधिकतम र न्यूनतम ब्याजदर बीचको अन्तर ५ प्रतिशत विन्दु भन्दा बढीले फरक गर्न नपाइने व्यवस्था गरिने । आवधिक प्रकृतिका कर्जाहरु अग्रिम भुक्तानी गर्दा लिइने शुल्क तथा स्वाप शुल्कलाई थप व्यवस्थामा गरिने, बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायक र भुक्तानी प्रणाली संचालकहरुले विद्युतीय भुक्तानी सेवा प्रदान गरेवापत ग्राहकहरुबाट लिने सेवा शुल्क सम्बन्धी व्यवस्थामा पुनरावलोकन गरिने लगायतका अन्य नयाँ निर्णयहरु मौद्रिक नीतिको पोहिलो त्रैमासिक समीक्षामा व्यवस्थित गरिने राष्ट्र बैंकले जनाएको छ ।
हेर्नुहोस् आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिको पोहिलो त्रैमासिक समीक्षा पूर्णपाठ सहित
FIRST-QUARTER-POLICY_Final-2077-08-18