Nepal Rastra Bank News
Financial Notices  

साधारण सभा र लाभांश स्वीकृत गर्न राष्ट्र बैंकले लागु गर्याे नयाँ कार्यविधि , २०७७ (पूर्ण पाठ सहित)

नेपाल राष्ट्र बैंकले इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरुको लाभांश स्विकृत गर्न नयाँ कार्यविधि लागु गरेको छ। राष्ट्र बैंकले वार्षिक हिसाव सार्वजानिक गर्ने तथा स्वीकृति प्रदान गर्दा अपनाइने प्रकृयामा एकरुपता ल्याउन इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाको वार्षिक साधारणसभा प्रयोजनको लागि वित्तीय विवरण प्रकाशन गर्न सहमतिप्रदान गर्ने तथा लाभांश स्वीकृत गर्ने सम्बन्धि कार्यविधि २०७७ लागु गरेको हो।

जसअनुसार  इजाजतपत्र बैंक तथा वित्तीय संस्थाहरुले अन्य इजाजतपत्र बैंक तथा वित्तीय संस्थामा गरेको संस्थापक सेयर लगानी (क्रस होल्डिङ) बिक्री नगरेसम्म नगद लाभांश तथा बोनस सेयर लाभांश वितरणमा रोक लाग्ने भएको छ। 

बैंक तथा वित्तीय संस्थाले गत आर्थिक वर्षको खुद वितरणयोग्य मुनाफाको ३० प्रतिशत मात्रै नगद लाभांश घोषणा गर्न पाउने छन्।  

खुद वितरणयोग्य नाफा कुल चुक्ता पुँजीको ५ प्रतिशतभन्दा कम भएका संस्थाले कर प्रयोजनबाहेक नगद लाभांश वितरण गर्न पाउने छैनन्। मासिक रुपमा तोकिएको औसत ब्याजदर अन्तर कायम गर्न नसक्ने संस्थालाई बोनस सेयरको कर प्रयोजनबाहेकको नगद लाभांश घोषणा तथा वितरण गर्न रोक लगाइने भएको छ।

हेर्नुहोस् नयाँ कार्यविधि, के छन् व्यवस्था (पूर्ण पाठ सहित)

Financial-Statement-Publishing-Working-Procedure

Live Updates Covid-19 Cases