Financial Literacy
Financial Notices  

जीवन बीमाबारे महत्वपूर्ण जानकारीहरु

यस प्रकारको बीमा कुनै व्यक्ति वा निजको परिवारको आर्थिक सुरक्षाका लागि गरिन्छ । बीमा अवधिसम्म बीमित जीवित रहेमा रकम प्राप्त हुन्छ र मृत्यु भएमा हकवालाले रकम प्राप्त गर्छ ।

बीमा गर्दा हुने फाइदाहरू
– बीमा गर्दा भविष्यमा आइपर्ने सङ्कटको बेलामा आर्थिक सुरक्षा हुने भएकाले बीमाको प्रयोगले कुनै पनि अकल्पनीय घटनाबाट जोखिम मुक्त हुन सकिन्छ ।
– जीवन बीमा गर्दा बीमितको तोकिएको समय अवधिभित्रै मृत्यु भएमा परिवारले रकम पाउने हुनाले परिवारमा आर्थिक समस्या कम हुन्छ ।
– आयकर ऐन अनुसार बीमा गरेमा २५ हजार रूपैयाँसम्मको आयमा कर छुट हुने व्यवस्था छ ।
– २ वर्षको बीमाशुल्क भुक्तानी गरिसकेपछि सो बीमालेखबाट सो अवधिसम्मको सम्पूर्ण मूल्यको ९० प्रतिशतसम्म बीमा कम्पनीबाट ऋण सुविधा प्राप्त गर्न सकिन्छ ।
– बीमा गरिसकेपछि सम्पत्ति हराउने, नाश हुने, चोरी हुने, आगलागी हुने वा अन्य त्यस्तै चिन्ताबाट मुक्त हुन सकिन्छ ।

बीमा गर्दा ध्यान दिनुपर्ने कुराहरू
– बीमा कम्पनी, बीमाका प्रकार र सबै शर्तहरूका बारेमा बुझेर मात्र आफूलाई मिल्ने खालको बीमा गर्नुपर्छ ।
– बीमाको उद्देश्य र आवश्यकता विश्लेषण गर्नुपर्छ ।
– बीमालेखमा इच्छाएको व्यक्तिका बारेमा प्रस्टसँग उल्लेख हुनुपर्छ ।
– जोखिमको सम्भावना र बीमापछि सुरक्षाको जानकारी हुनुपर्छ ।
– बीमालेख नविकरण मितिमा बीमाशुल्क बुझाउनुपर्छ ।
– बीमा गर्दा बीमाशुल्क तिर्न सकिन्छ वा सकिँदैन, त्यस बारेमा पनि ध्यान पु¥याउनुपर्छ ।
– बीमाशुल्क तिरेपछि त्यसको रसिद÷भर्पाइ पछि काम लाग्ने भएकाले सुरक्षित राख्नुपर्छ ।
– बीमाका बारेमा घरको सदस्य वा इच्छ्याएको व्यक्तिलाई जानकारी गराउनुपर्छ ।

जीवन बीमा दाबी प्रक्रिया
– बीमा गरेको विषयमा घटना भएमा घटनाको विवरण तथा प्रमाणका लागि प्रहरी, गाउँपालिका, नगरपालिका वा तोकिएको निकायमा तुरून्त जानकारी दिनुपर्छ ।
– घटनाको सूचना तुरून्त बीमा कम्पनीलाई दिने ।
– बीमा दाबी गर्न आवश्यक कागजात सहित कम्पनीमा बीमा दाबी फाराम भरी निवेदन दिने ।
– कागजातको अध्ययन, छानबिन वा आवश्यक प्रक्रियापछि बीमा कम्पनीले रकम प्रदान गर्छ ।

Note: यी र यस्तै बीमा, बैंक र पूँजिबजार सम्बन्धी महत्वपूर्ण जानकारीका लागि Financial Notices को Mobile App Download गर्नहोला । धन्यवाद ।

Live Updates Covid-19 Cases