म्युचुअल फण्ड: पूँजी सङ्कलनको माध्यम



म्युचुअल फन्ड पनि कुनै कम्पनीको धितोपत्र वा शेयरजस्तै एक किसिमको सुरक्षण हो । यो हजारौँ लगानीकर्ताहरूले गरेको लगानीको कुल रकम हो । म्युअुचल फन्डको सञ्चालन इजाजतपत्रप्राप्त फन्ड म्यानेजरले गर्दछ । म्युचुअल फन्ड खरिद गर्दा एकाइमा खरिद गर्नु पर्दछ । नेपालमा म्युचुअल फन्ड खरिद गर्दा एक एकाइको लागि मूल्य रु. १०।– कायम गरिएको छ । म्युचुअल फन्ड पनि धितोपत्रजस्तै पूँजी निर्माणको आधार हो ।

म्युचुअल फन्डमा लगानी गर्नाले लगानीकर्ताले आफ्नो बचतलाई बैंक तथा वित्तीय संस्थामा राख्दा प्राप्त गर्ने ब्याजभन्दा धेरै रकमको प्रतिफल प्राप्त हुन्छ । म्युचुअल फन्डमा जम्मा भएको रकमलाई फन्ड व्यवस्थापकले विभिन्न क्षेत्रमा लगानी गरेको हुन्छ । यसले गर्दा कथंकदाचित कुनै एक क्षेत्रमा समस्या भइहाले पनि अन्य क्षेत्रबाट प्राप्त हुने प्रतिफलले लगानीलाई डुब्न दिँदैनन् । तसर्थ, म्युचुअल फन्डमा लगानी गर्दा लगानीकर्ताले व्यहोर्नुपर्ने जोखिमलाई पनि घटाएर न्यूनतम बनाइदिन्छ ।

नेपालमा म्युचुअल फन्डको कारोवार धेरै नयाँ नभए तापनि धेरै विकसित भएको पाइँदैन । हाल नेपालमा म्युचुअल फन्डको कारोवार गर्ने संस्थाहरू १३ वटा रहेका छन् ।

______________

Note: अन्य महत्वपूर्ण जानकारीको लागि Financial Notices मोबाईल एप्स Download गर्न नविर्सनुहोला । धन्यावद ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *