News
Financial Notices  

अनलाईन प्रणालीबाट कसरी गर्ने शेयर कारोबार? भिडियोमा हेर्नुहोस्

नेप्सेले अनलाईन प्रणालीको प्रयोगबारे जानकारी दिने भिडियो सार्वजनिक गरेको छ । नेपाल स्टक एक्सचेञ्जले अनलाईन कारोबार प्रणाली सञ्चालनमा लगानीकर्तालाई कठिनाई उत्पन्न भएपछि अनलाईन कारोबार प्रणाली प्रयोग गर्ने प्रकृया स्पष्ट पार्न उक्त भिडियो सामाग्री सार्वजनिक गरेको छ । 
नेप्सेको अनलाइन प्रविधिमा ब्रोकर तथा बैंक तथा वित्तीय संस्थाहरु पनि जोडिइसकेका छन ।
नेपाल क्लियरिङ हाउसको कनेक्ट आइपीएस प्रणालीमा आवद्ध भएका बैंक तथा वित्तीय संस्थाहरुमार्फत सेयर खरिदबिक्री गरेको रकम अनलाइनबाटै भुक्तानी हुने व्यवस्था सुरु भएको छ । यसबाट लगानीकर्ताले अनलाईन कारोबार प्रणाली सञ्चालनमा सहजता प्राप्त गर्ने र सेयर खरिदबिक्रीको भुक्तानी लिन वा दिन ब्रोकर कार्यालयसम्म पुग्नुपर्ने झन्झटको अन्त्य भएको नेप्सेले जनाएको छ ।

Click the link

Live Updates Covid-19 Cases