Uncategorized
Financial Notices  

एटिएम मेसिनमा अनिवार्य रुपमा नेपाली भाषा प्रयोग गर्न नेपाल राष्ट्र बैंकको निर्देशन

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना ग्राहकहरुलाई सहज र सरल भुक्तानीको लागि सहजै एटिएम कार्ड उपलब्ध गराई विभिन्न ठाउँमा एटिएम मेसिन राख्ने प्रतिप्रर्धा गर्दै आएका छन ।

सरल, सहज र २४ सै घण्टा आवश्यक रकम निकाल्नका लागि प्रयोगमा ल्याइएका एटिएम मेसिनमा नेपाली भाषा प्रयोगमा नल्याइँदा ग्राहकले असुविधा भोग्ने गरेका छन । पढेलेखेका व्यक्तिले सहजै चेक अथवा एटिएम मेसिनमा कार्ड राखेर पैसा निकाल्न सक्लान तर निरक्षर, कम अध्ययन भएका वा अङ्ग्रेजी भाषा नजान्नेका लागि एटिएमको प्रयोग कसरी गर्ने भन्नेमा नै समस्या पर्दै आइरहेको छ ।

बैंक तथा वित्तीय संस्थाले प्रयोगमा ल्याएका एटिएम मेसिनमा नेपाली भाषाको प्रयोग गरी कारोवार गर्न सकिने सुविधा नभएको भनी गुनासो प्राप्त भएकाले नेपाल राष्ट्र बैंकले यस्ता निरक्षर उपभोक्ताहरुलाई मध्य नजर गर्दै ग्राहकको समस्यालाई समाधानका लागि एटिएम मेसिनमा अनिवार्य रुपमा नेपाली भाषामा हुनु पर्ने नियम ल्याउन लागेको हो ।

नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले ‘अटोमेटेड टेलर’ मेसिन ३० दिनभित्र अनिवार्य रुपमा नेपाली भाषा प्रयोग गरी कारोवार गर्ने व्यवस्था मिलाउन सूचना प्रकाशित मार्फत बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले तोकिएको अवधिभित्र नेपाली भाषाको प्रयोग गरी कारोवार गर्न सकिने व्यवस्थो नमिलाए भुक्तानी तथा फछ्र्यौट ऐन, २०७५ अनुसार कारवाही गरिने राष्ट्र बैंकले उल्लेख गरेको छ ।

आधुनिक प्रविधिको विकाससँगै बैंक तथा वित्तीय संस्थाले पछिल्ला दिनमा ग्राहकलाई सहज सेवा दिने लक्ष्यका साथ एटिएम मेसिन सञ्चालनमा ल्याएका हुन । नेपाल राष्ट्र बैंकका अनुसार देशभर कूल ५९ लाख ६० हजारले एटिएम कार्ड लिएका र ४० लाख ७१ हजारले नियमित रुपमा एटिएम कार्ड प्रयोग गर्छन ।

Live Updates Covid-19 Cases