Menu

बैंकरको स्वार्थ, संस्कार र बैंकिङ कसुरः

0 Comments


नेपालका बैंकरहरु किन सुरक्षित छैनन् भन्ने विषयमा वहस गर्नु आवश्यक छ । एक अन्तर्राष्ट्रिय सर्वेक्षण अनुसार १० मध्ये दुई जना बैंकरले धनलाई प्रेम गर्दछन् र उनीहरूको तलब धेरै पटक बढे पछि पनि तिनीहरू परिवर्तन हुँदैनन्, भ्रष्टाचार मा उनीहरु लिप्त हुन्छन । धेरै जसो अवस्थाहरूमा, बैंकरहरू स्वार्थका कारण असुरक्षा पछि लोभको सिकार हुन्छन् जब उनीहरूको जीवनशैली विलाषी बन्दै जान्छ । तब आर्थिक स्वार्थ पूर्तिकालागि विकल्पको खोजिमा उनिहरु बैंकिङ कसुरमा अपराधमा संलग्न हुन्छन् वा जस्तो सुकै गिरोहसंग पनि साँठगाँठ गर्न तयार हुन्छन् फलस्वरुप बैंकिङ कसुरका घटना घट्ने गर्दछ । जसको ज्वलन्त उदाहरण बैंक अफ काठमाडौंको जग्गा काण्ड र कृषि विकास बैंकको बैंकिङ काण्ड लाई लिन सकिन्छ ।

नेपालमा बैंकिङ भ्रष्टाचारको तहमा सर्वेक्षण गरिएता पनि पारदर्शीता देखिने गरेको छैन् । एक त नेपालको साइबर सुरक्षामा खासै ध्यान जान सकेको छैन्, पुरानै सफ्टवर प्रयोग गर्दा, अपग्रेड नगर्दा, आइटी अडिटमा ध्यान नदिँदा, आधुनिक प्रविधिको विकास स्वीकार्न गर्न नसक्दा, सस्तो, पाइरेटेड र लुप होल्स भएको सफ्टवेयर प्रयोग गर्दा, प्रविधिमा गरिने लगानीले नाफा घट्छ भन्ने सोच हावी हुँदा साइबर हमला तथा बैंकिङ कसुरका अपराध बढ्ने देखिन्छ ।

अर्को तर्फ बैंक तथा वित्तीय संस्थाहरु शाखा विस्तारको अस्वस्थ प्रतिशप्रर्धामा लाग्दा, अनुभवी र दक्ष जनशक्तिलाई जिम्मेवारी दिन नसक्दा, कर्मचारी भर्ना छनोट पारदर्शी नहुँदा, पुराना सोच भएका कर्मचारीहरु बैंकमा हावी हुँदा, कर्मचारीहरुमा वित्तीय चेतना, इथिकल तथा मोरल भ्यालुको ज्ञान नहुँदा, पुराना कर्मचारीलाई समय समयमा तालिम दिन नसक्दा, बैंकहरूले आईटी सेक्युरिटी अफिसर नियुक्त गर्न नसक्दा, सुरुवाती अवस्थाबाट नै माथिल्लो तहबाट आन्तरिक अनुगमन र नियन्त्रण प्रणालीमा सुदृढिकरण नहुँदा दिनानु दिन बैंकिङ कसुरका घटना बढ्दै गहिरेको छ ।

प्राय अधिकांस ससाना गल्तीहरु बैंकरको स्वार्थका कारण नै देखिन्छ । नेपालमा कतिपय बैंकरहरु त आफ्नो छुटै व्यबसायमा पनि संलग्न छन् र ति व्यवसायसँग सम्बन्धीत काम आफ्नो कम्पनी, आफन्त वा चिने जानेको नजिकको मार्फत गराई फाइदा लिनेको जमात छुटै छ । ति कर्मचारीहरुलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा फाईदा नहुने फाईल संस्थाको लागि हितकर भएता पनि माथिल्लो तहमा पुग्दैन, छलफलको विषय बन्दैन या त फाईल नै गायब पारिन्छ ।

अर्को तर्फ बैंकको अत्तियारी प्राप्त व्यक्तिले कर्जा दिने सवालमा धितो हेर्ने बैंकरहरु नै जग्गा व्यबसायी, भ्यालुयसन गर्ने इन्जीनियरहरुसँग साँठ गाँठ गर्न तर्फ लागि तल्लो तहका कर्मचारीलाई जिम्मेवारी दिने परिपाटीले गर्दा पनि बैंकिङ कसुरका घटना हुने गरेका छ । बैंकरहरुले राजनीतिक दवावका कारण, राजनीतिक आस्थाका कारण लोभ, लालचमा लागेर पनि कामहरु गरेका पाहिन्छ । कतिपय कुरा गल्ती हो भन्ने थाहा हुँदा हुँदै पनि हाकिमको दवावमा काम गर्नु पर्ने हुन्छ । तल्लो तहका कर्मचारीमा वित्तीय चेतनाको कमीका कारण जानी नजानी उसको आसेपासे भएको कारण बैंकिङ कसुरका घटना दोहोरिने गरेका पाहिन्छ ।

कतिपय बैंक तथा वित्तीय संस्थाहरुमा छोटा–छोटो समयमै कर्मचारी सरुवा गरी कम अनुभविहरुलाई शाखा प्रबन्धक, डिपार्टमेन्ट हेडको जिम्मा दिइन्छ, कतिपय बैंकहरुले सहायकहरुलाई नै शाखा प्रबन्धकको जिम्मेवारी दिने यथार्थ हामीकहाँ प्रसस्तै छन् । जिम्मेवारी दिए पछि जसो तसो टार्गेट पु¥याउनु पर्ने दवाव पर्न जान्छ फलस्वरुप adequate kyc नगरी, धितोवालाको वास्तविक नेटअर्थ नहेरी अध्यायन अनुसन्धान नगरी, ऋणीसंग सांठगाठ गर्ने, धितोको अस्वाभाविक मूल्यांकन गर्ने, कर्जा सीमाभन्दा बढी रकम कर्जा स्वीकृत गर्ने, कुनै एक बैंक वा वित्तीय संस्थालाई एकपटक दिइसकेको सुरक्षण कानूनी रुपमा फुकुवा नभई सोही सुरक्षण अर्को बैंक वा वित्तीय संस्थामा राखी पुनः कर्जा प्रभावको फाईल माथिल्लो तहमा पुग्ने उदाहरण हामीकहाँ प्रसस्तै भेटिन्छन ।

यता माथिल्ला तहका अत्तियार प्राप्त कर्मचारीले इन्जीनियरको भ्यालुयसनको भरमा, धितो हेर्ने गएका आफ्ना कर्मचारीले ठिक छ भनेको भरमा उक्त फाइल अगाडी बढाउने काम हुन्छ । आकार हेरेर ठूला कर्जा हो भने स्वीकृतिका लागि सिइओ मात्रै नभई सञ्चालक समितिसम्म पुग्छन् ।यदि तल्लो तहमा नै फाईल गडबड छ वा मिलेमहतो छ भने आफ्ना कर्मचारीको विश्वासले नै धोका हुन सक्ने हुन्छ । यस्तो संस्कारले सीइओ वा संचालकहरु नै बैंकिङ कसुरमा जानी नजानी पस्ने सम्भावना देखिन्छ ।

एक त सिइओले स्वीकृत गर्ने कर्जाको सिमा तोकिएको हुन्छ, तोकिय भन्दा बढी कर्जा स्वीकृत गुर्नपर्दा फाइल संचालक समितसम्म पुग्ने गर्दछ । कहिलेकाँही बैंकको सिइओले कागजपत्र नहेरी आफ्ना कर्मचारीको विश्वासको आधारमा, संचालकको दवामा हस्ताक्षर गर्न पनि सक्छन । यस्ता काम सिइओको मुड, परिस्थिति, आफ्नो जागिरको सवाल, व्यस्तता वा धेरै नाफा कमाउने उद्देश्का कारण पनि हुन्छन् । यस्ता विषयमा बैंक तथा वित्तीय संस्थाको ध्यान नपुग्दासम्म बैंकिङ कसुरका अपराध नरोकिने देखिन्छ ।

यस्ता संस्कारमा काम गर्ने अधिकारप्राप्त बैंकरहरु, विभाग समालेका विभागिय प्रमुखहरु अधिकांस बैंकमा एक–डेढ वर्ष भन्दा बढी टिक्न सक्दैनन । आफुले गरेका बैंकिङ कसुरबाट कुनै न कुनै समय फस्ने डरले विकल्प खोज्न थाल्दछन् फलस्वरुप यस्ता कर्मचारी बैंकको आफ्नो आसेपासे वा हाकीमको मान्छे हो भने सरुवामा पर्दछन यात यस्ता कर्मचारीले गर्ने कर्तुतहरु बैंकबाट वाहिर जाने डरले बैंकले नै गुपचुप मै कर्मचारीहरु निकाल्ने गरेका छन । यी र यस्तै कर्मचारीको व्यक्तिगत स्वार्थ, बैंकिङ संस्कारका कारण बैंकिङ कसुरका अपराध बढ्ने देखिन्छ ।

त्यसकारण बैंक तथा वित्तीय संस्थाले पोहिलो त बैंकिङ संस्कारमा सुधार गर्नुपर्ने र अर्को तर्फ साइबर सुरक्षाका विषयमा गम्भीर, सचेत र जागरुप हुनु पर्ने देखिन्छ ।

___________________________________

___________________________

__________

बैंकिङ प्रणाली ह्याक गरी पैसा चोरिनुबाट बच्न विज्ञहरुले प्रयोगकर्तालाई दिएका सुझावहरुः
– व्यक्तिगत काममा प्रयोग गर्ने डिभाइस र काम गर्ने स्थान छुट्टा–छुट्टै राख्ने
– कार्यलय वा अन्य स्थानमा व्यक्तिगत प्रयोगका लागि डिभाईस प्रयोग गर्दा उच्च सुरक्षा सतर्कता अपनाउने
– सुरक्षित खाले युजर नेम र पासवर्ड प्रयोग गर्ने
– दई तहको अथेन्टिकेशन राख्ने
– सामाजिक सञ्जालमा भेटीने कुनै पनि लिङहरु सिधै नखोल्ने
– आफुले प्रयोग गर्ने स्मार्टफोन र अन्य डिभाइसमा भरिफाइड तथा सुरक्षित एपहरु मात्र राख्ने
– आफ्ना सूचनाहरु सकेसम्म अरुलाई शेयर नगर्ने
– आफ्ना बैंक कार्डहरुको विवरण सुरक्षित राख्ने, जतापायो त्यतै अप्डेट नगर्ने
– अनलाईन कारोबार गर्दा सतर्कता अपनाउने, जुन पायो त्यही अनलाईनबाट कारोबार नगर्ने
– अन्लाईन भुक्तानीको सुविधा लिनुपर्दा उक्त कम्पनीको सर्तहरु कस्ता छन पढेर मात्र सेवा लिने, रकम हरायो वा चोरियो भने फिर्ता गर्न सक्छ वा सक्दैन भन्ने कुराबारे जानकार रहने

Leave a Reply

Your email address will not be published. Required fields are marked *