Menu

इन्फिनिटी लघुवित्तको आईपिओ बाँडफाँड, रिजल्ट Financial Notices को Website र Mobile App मार्फत हेर्न सकिने

0 Comments


इन्फिनिटी लघुवित्तले सर्वसाधारणलाई निष्काशन गरेको आईपिओ (IPO)  कूल आवेदकको १९.११ % आवेदकले गोलाप्रथाबाट १० कित्ताका दरले बाँडफाँड गरिएको छ ।

तपाइलाई कति प¥यो, रिजल्ट केहि समयमा Financialnotices.com  र Financial Notices को मोबाईल App मार्फत हेर्न सकिने ।

लघुवित्तको  बिक्री प्रबन्धक रहेको सिभिल क्यापिटले  जेठ १३ देखि १६ गते बिहीबारसम्म जारी पूँजी २० करोड ७४ लाख रुपैयाँको ३२.५० % आईपिओ निष्काशन गरेको थियो ।

अत्याधिक आवेदनका कारण ८०.८९ % आवेदकले भने आईपिओ प्राप्त गर्न सकेनन् । धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार ६२ हजार ९९३ जनालाई गोलाप्रथाबाट १० कित्ताका दरले सर्वसाधारणमा निष्काशन गरिएको ६ लाख २९ हजार ९३० कित्ता शेयर बाँडफाँड गरिएको छ ।

कूल ६ लाख ७४ हजार कित्ता आईपिओ निष्काशन भएकोमध्ये ३३ हजार ७०० कित्ता शेयर सामूहिक लगानी कोषहरु र १० हजार ३७० कित्ता शेयर लघुवित्तका कर्मचारीलाई बाँडफाँड गरिएको छ । क्यापिटलका अनुसार इन्फिनिटी लघुवित्तको आईपिओमा सर्वसाधारणमा निष्काशन भएको शेयरको ११.०३ गुणा बढी आवेदन परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *