Menu

नेपाल टेलिकमको गणतन्त्र दिवसको अवसरमा ५० रुपैयाँमा ७ दिन प्रयोग गर्न सकिने ‘रिपब्लिक डे कम्बो प्याक’ अफर

0 Comments


नेपाल टेलिकमले गणतन्त्र दिवस २०७६ को अवसरमा ५० रुपैयाँमा ७ दिनसम्म प्रयोग गर्न सकिन् ‘रिपब्लिक डे कम्बो प्याक’ अफर ल्याएको छ ।

टेलिकमले आफ्ना सेवा प्रयोग गरिरहेका ग्राहकहरुलाई ५० रुपैयाँमा प्याक खरिद गरे पश्चात कुनै पनि समयमा ४ सय एमबी डाटा चलाउन, ३० मिनेट भ्वाइस कल गर्न र एक सय वटा एसएमएस पठाउन सकिने टेलिकमले जनाएको छ । उक्त अफर जेठ १४ देखि जेठ १६ सम्म खरिद गर्न सकिने छ । छुट प्राप्त गर्नका लागि ग्राहकले ८१४१५३ डायल गर्नु पर्नेछ ।

कम्पनीको एप ‘नेपाल टेलिकम’ र वेबसाइटबाट पनि यस सम्बन्धी विस्तृत जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *