Menu

टेलिकमको फोरजी सेवा विस्तारः कोर नेटवर्कको ६० प्रतिशत काम सम्पन्न

0 Comments


नेपाल टेलिकमले फोरजी सेवा विस्तार गर्नका लागि जेडटीई र सीसीएआई हङकङ कम्पनीलाई ठेक्का दिएको मध्य हालसम्म कोर नेटवर्क विस्तार गर्ने जिम्मा पाएको चिनियाँ कम्पनी जेडटीईले ६० प्रतिशत काम सम्पन्न गरिसकेको छ भने रेडियो एक्सेस नेटवर्क (र्यान) विस्तार गर्ने जिम्मा पाएको सीसीएआई हङकङले १ बर्षभित्रमा नेपालभर र्यान नेटवर्क विस्तार गर्नका लागि आवश्यक उपकरण तथा अन्य सामग्रीहरु भने जुनको अन्त्यसम्म मात्रै नेपाल ल्याउने टेलिकमले जानकारी दिएको छ ।

टेलिकमले गत माघ १९ मा संसदको अर्थ समिति, विकास तथा प्रविधि समिति र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्राप्त निर्देशन तथा सार्वजनिक खरिद ऐन र कम्पनीको आर्थिक विनियमावलीमा रहेको व्यवस्थाको अधिनमा रही जेडटीई र सीसीएआई हङकङसँग फोरजी सेवा विस्तार गर्ने सम्झौता गरेको थियो ।

जेडटीईले नेपालभरका विभिन्न ५ स्थानमा कोर नेटवर्क जडान गर्ने जिम्मा पाएको र हाल उक्त नेटवर्कको सफ्टवेयर टेस्टिङको काम काठमाडौं, हेटौडा, नेपालगंज, विराटनगर र बुटवलमा विस्तार गरिसकेको छ । हाल सीसीएसआईले नयाँ टावर स्थापना गर्नुपर्ने स्थानको सर्भे, पुराना टावरको अनुगमनको काम भईरहेको टेलिकमले जनाएको छ । सीसीएसआईले नेपालका विभिन्न स्थानमा ६ सय ४० ओटा नयाँ बिटिएस टावरहरु निर्माण गर्नेछ भने अन्य प्रायजसो टावरमा फोरजी नेटवर्क क्षमता विस्तार गर्नेछ ।

नेपालभर ६५ लाख क्षमताको फोरजी एलटीई विस्तारका लागि गरिएको सम्झौतामा २ ओटै कम्पनीले आफ्नो काम १ बर्षभित्रमा सम्पन्न गर्ने टेलिकमले जानकारी दिएको छ । नेपाल टेलिकमले सुरुमा २०७३ पौषमा काठमाडौँ उपत्यका र पोखरामा फोरजीरएलटीई सेवा सञ्चालन गरेको थियो । देशभर उक्त सेवा विस्तार भए पश्चात टुजी, थ्रिजी र फोरजी नेटवर्कलाई ओभरलेको रुपमा सञ्चालन गरी ग्राहकलाई आ–आफ्नो रुचि, चाहाना र आवश्यकता अनुसारका सेवाहरु छनोट गर्ने अवसर प्राप्त हुने टेलिकमले जानकारी दिएको छ ।

हाल टेलिकमका फोरजी ग्राहकको संख्या ७ लाख २७ हजार ३ सय ७ रहेको छ । यस्तै निजी दूरसंचार सेवाप्रदायक एनसेलका फोरजी प्रयोगकर्ताको संख्या भने १९ लाख २५ हजार २ सय ७० रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *