Menu

नेपाल टेलिकमले राष्ट्रिय वाणिज्य बैंकसँगको सहकार्यमा मोबाइल मनी ल्याउँदै

0 Comments


नेपाल टेलिकमले विभिन्न वस्तु तथा सेवा खरिद गर्दा मोबाइलबाटै पैसा तिर्न मिल्ने ‘मोबाइल मनी’ सेवा सुरु गर्ने भएको छ । यसका लागि नेपाल टेलिकम तथा राष्ट्रिय वाणिज्य बैंकका बीचमा समझदारी भएको छ । सम्झौता पश्चात संयुक्त लगानीमा संस्थापित भूक्तानी सेवा प्रदायक पब्लिक कम्पनीले नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भएपश्चात यो सेवा सुरु हुने जनाइएको छ । भुक्तानी सेवा प्रदायकको सेवा सञ्चालन गर्दा नेपाल दूरसंचार कम्पनी लिमिटेड तथा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडसँग प्राथमिकताका आधारमा समझदारी गरी डिजिटल बैंकिङ्ग सेवा उपलब्ध गराउने छ ।

कम्पनीले सञ्चालन गर्ने मोबाइल मनी सेवामा सिमबाटै सिधै भुक्तानीको सुविधा लिन सकिनेछ । यो सेवा शुरु भएपछि बिना कुनै इन्टरनेट वा एप्लिकेसन बजारमा कुनै पनि सामान खरिद गर्न, सेवा उपभोग गर्न आफ्नो मोबाइलबाटै पैसा भुक्तानी गर्न सकिनेछ । यसबाट मनी ट्रान्सफर, एयरटाइम टपअप तथा युटिलिटी बिल पेमेन्टजस्ता कार्य गर्न सकिने बताइएको छ । 

विश्वका विभिन्न देशमा मोबाइलबाटै पैसा तिर्न सकिने व्यवस्था भएता पनि नेपालमा यस कार्यको पहिलो पटक थालनीका लागि गृहकार्य प्रारम्भ भएको हो । केही महिनामै यो कार्य नेपालमा पनि सुरु हुने अपेक्षा गरिएको छ । यो व्यवस्था लागु भए पश्चात कुनै पनि सामान खरिद गर्न वा बिल भुक्तानी गर्न पैसा नभै मोबाइलमा भएको ब्यालेन्स प्रयोग गर्न सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *