Menu

कुन कुन स्यानीय तहमा सरकारले कति जनालाई दिदै छ रोजगारी (विवरण सहित)

0 Comments


काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमका अन्तर्गत श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एकैपटक स्थानीय तहमा दुई अर्ब ३६ करोड ससर्त अनुदान पठाएको छ । यो अनुदानबाट स्थानीय तहले आफ्नो क्षेत्रमा बेरोजारका रुपमा दर्ता भएका युवालाई न्युनतम ३० दिनकोे रोजगारी दिनुपर्नेछ ।

सरकारले यसै वर्षबाट प्रधानमन्त्री रोजगार कार्यक्रम लागू गर्दै न्यनतम रोजगारी अथवा नभए निर्वाह भत्ता उपलब्ध गराउने व्यवस्था गरेको हो । पूर्वाधार तथा सामुदायिक विकाससम्बन्धी कार्यक्रमअन्तर्गत सूचीकृत भएका बेरोजगार युवाहरुलाई यस्तो सुविधा दिन लागिएको हो ।
सडक, शिक्षा, वन तथा जलाधार र पर्यटन क्षेत्र, ग्रामीण खानेपानी, स्वास्थ्य तथा सरसफाइ, निर्माण तथा मर्मतसम्भार, कृषि तथा सिँचाइ लगायतका आयोजनामा रोजगारी सिर्जना गर्ने गरी यो अनुदान खर्च गर्न सकिनेछ । प्रत्येक आयोजनामा खर्च हुने रकमको ७० प्रतिशत रकम ज्यालाबापत युवालाई भुक्तानी गर्न सकिने छ । स्थानीय तहले आफ्ना स्वीकृत कार्यक्रममध्येबाट ५ लाखसम्मका साना आयोजनामा युवा परिचालन गर्न सक्नेछन ।

उक्त अनुदान रकम आउँदो असार मसान्तभित्र खर्च गरिसक्नुपर्ने छ । वैशाख ३१ गते, मंगलबार
बेरोजगारको सूचीकरणका लागि अन्तिम दिन तोकिएको छ ।

(पूर्ण विवरण हेर्नको लागि यहाँ Click गर्नुहोला !)

(Mobile App Download Link)

Leave a Reply

Your email address will not be published. Required fields are marked *