Menu

फाइनान्सीयल नोटिसेसको मोबाईल एप्स सार्वजनिक

0 Comments


ट्रिउम्फ मिडिया प्रालिले यसै आर्थिक वर्षदेखि नेपालमै पहिलो पटक संचालनमा ल्याएको वित्तीय सूचना प्रदायक वेव साइट फाइनेन्सियल नोटिसेस् डट कमको बुधबार नेपाल पर्यटन बोर्डमा नेपाल राष्ट्र बैंकका डिपुटी गभर्नर चिन्तामडी सिवाकोटीबाट फाइनान्सीयल नोटीसेस् मोबाईल एप्स सार्वजनिक गरिएको हो । 

यस एप्सबाट बैंक तथा वित्तीय संस्थाहरुले प्रकाशित गर्ने सम्पूर्ण सूचनाहरु, रोजगारीको सूचना, बोलपत्र आह्वान, सेयर सम्बन्धी सूचना, ब्याजदर परिवर्तनको सूचना, वित्तीय विवरण, कर्जा भुक्तानी, मिटिङ, महत्वपूर्ण जानकारीहरु तथा ताजा सूचनाहरु छुट्टा छुट्टै रुपमा हेर्न सकिने व्यवस्था गरिएको छ ।

ग्राहकहरुलाई आवश्यक पर्ने वा सूचना हेर्न चाहेको बैंक तथा वित्तीय संस्थाहरुको मात्र सूचना आफ्नो मोबाईलमा नोटिफिकेसन आउने सुविधा रहेको छ । साथै यसै एप्सबाट बैंक तथा वित्तीय संस्थाहरुका नयाँ योजनाहरु, प्रधान कार्यलय, शाखा कार्यलय, एटिएम रहेको ठाउँको जानकारी, शाखा रहित बैंकिङ एजेन्ट तथा बिमकहरुको बारेमा सजिलै जानकारी पाउने कम्पनीले जनाएको छ  । 

यसै एप्सबाट विदेशी विनिमय दर हेर्न, मेरो सेयर लगिन र इएमआई क्याल्कुलेटरको सुविधा प्रयोग गर्न सकिन्छ । अर्को महत्वपूर्ण विशेषताको रुपमा विभिन्न आर्थिक वेव पोर्टलमा प्रकाशित बैंक तथा वित्तीय संस्थासंग सम्बन्धित सम्पूर्ण ताजा आर्थिक समाचारहरु यसै एप्स मार्फत् हेर्न सकिने सुविधा रहेको जानकारी ट्रिउम्फ मिडियाका संचालक प्रकाश अर्यालल बताए ।

http://bit.ly/2ItrhdH

Leave a Reply

Your email address will not be published. Required fields are marked *