Menu

बैंक तथा वित्तीय संस्थाहरुको सम्पूर्ण सूचना अब एकै ठाउँमा

0 Comments

Samaya Post नेपालमा पहिलो पटक वित्तीय सूचना प्रदायक वेव साइट फाइनेन्सियलनोटिसेस् डट कम (www.financialnotices.com) ट्रिउम्फ मिडियाले सञ्चालनमा ल्याएको छ ।

सबै बैंक तथा वित्तीय संस्थाहरुको सम्पूर्ण सूचना, एउटै अनलाईनबाट जानकारी दिने उद्देश्यले फाइनेन्सियलनोटिसेस् डट कम सञ्चालनमा ल्याईएको हो ।

नेपाल भरिका वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, माइक्रो फाइनान्स, बीमा कम्पनी र सहकारी संस्थाहरुको सम्पूर्ण सूचना तथा जानकारीहरु, शेयर सम्बन्धी सूचना, जागिर सम्बन्धी सूचना, ब्याजदर, कर्जा भुक्तानी, आर्थिक रिपोर्टहरू, इ–बैंकिङ्ग सेवा/सुविधा, विलय सूचना, बोलपत्र आह्वानको सूचना जस्ता सम्पूर्ण सूचनाहरु समावेश गरिएको अनलाईनका सञ्चालक प्रकाश अर्यालले जानकारी दिए ।

‘फाइनेन्सियलनोटिसेस् डट कमको सदस्य बनेका बैंक तथा वित्तीय संस्थाहरूले यस वेब पोर्टलमा नियमित रुपमा आफ्नो सूचना तथा जानकारी अपलोड गर्न सक्दछन् । ग्राहक वा प्रयोगकर्ताहरूले निःशुल्करुपमा आफुले चाहेको बैंक तथा वित्तीय संस्थाहरुको सूचना तथा जानकारी हेर्न, डाउनलोड गर्न, प्रिन्ट गर्न र सामाजिक सञ्जाल मार्फत सेयर गर्न सक्दछन्’ सञ्चलक प्रकाश अर्यालले भने ‘सबै प्रयोगकर्ता वा ग्राहकहरुले आफ्नो ईमेल ठेगाना सब्स्क्राइब गरी दैनिक रुपमा यस वेव पोर्टलमा प्राप्त भएका सूचनाहरु आफ्नो ईमेल ठेगानामा प्राप्त गर्न सक्दछन ।’

Tags: , , , , , ,

Leave a Reply

Your email address will not be published. Required fields are marked *