Financial Literacy
Financial Notices  

विदेशी विनिमय सम्बन्धी ज्ञान

विदेशी मुद्रा नेपाली रुपैयाँ बाहेक अरू देशका मुद्राहरू नेपालका लागि विदेशी मुद्रा हुन् । यसलाई विदेशी विनिमय पनि भनिन्छ । हरेक देशका लागि विदेशी मुद्रा अत्यन्त महत्वपूर्ण हुन्छ । विदेशी मुद्रा धेरै सञ्चित भएमा देशलाई फाइदा हुन्छ । यसले देशको अर्थतन्त्रलाई बलियो बनाउँछ । हामीले अन्य देशबाट वस्तु तथा सेवा आयात गर्दा विदेशी मुद्रामा भुक्तानी गर्नु पर्दछ । यदि विदेशी मुद्राको अभाव हुन गएमा विदेशबाट वस्तु तथा सेवा किने वापतको भुक्तानी गर्न कठिनाइ पर्दछ । यसो भएमा मुलुकको अर्थतन्त्र सङ्कटमा पर्न सक्छ ।

नेपालमा भित्रिएको समग्र विदेशी विनिमयको ढुकुटी जिम्मा लिई सोको व्यवस्थापन गर्ने काम नेपाल राष्ट्र बैंकले गर्दछ । विदेशी मुद्रा राज्यको सम्पत्ति हो । यसको जथाभावी प्रयोग गरी दुरुपयोग गर्नु हुँदैन । आफैँले कमाएको भए पनि विदेशी मुद्रा सरकारी निकायले तोके बमोजिम मात्र खर्च गर्न पाइन्छ । यसको दुरुपयोग गरेमा कानुन बमोजिम कारबाही हुने गर्दछ ।

ध्यान दिनुपर्नेकुराहरू

  • भा.रु. लगायत सम्पूर्ण विदेशी मुद्रा साँटेर नेपाली मुद्रामा मात्र कारोबार गर्नु पर्दछ ।
  • विदेशी मुद्रा सटही गर्दा स्वीकृति प्राप्त कम्पनीबाट मात्र कारोबार गर्नु पर्दछ ।
  • नेपाल राष्ट्र बैंकको स्वीकृति नलिई कसैले पनि विदेशी मुद्राको कारोबार गर्न पाइँदैन । मुलुकभित्र विदेशी मुद्राको चलन गर्न अर्थात् कारोबार गर्न पनि पाइँदैन ।

_______________

Note: दैनिक रुपमा विदेशी विनिमय दर (FOREX)को जानकारीको लागि Financial Notices को मोबाईल एप्स Download गर्न सक्नुहनेछ ।

Live Updates Covid-19 Cases