News
Financial Notices  

यस आर्थिक वर्षमा सरकारले ल्यायोको १५ खर्ब ३२ अर्बको बजेटमा के–के छन त बजेटका विशेषताहरु

अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६/७७ का लागि बजेट सार्वजनिक गरेका छन् ।
बजेटका विशेषता:

  • बजेट– १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख
  • चालु– ९ खर्ब ५७ अर्ब १० करोड १४ लाख
  • पूँजिगत– ४ खर्ब ८ अर्ब ५९ लाख
  • वित्तीय व्यवस्था– १ खर्ब ६७ अर्ब ५ कराड ९ लाख
  • राजस्व– ९ खर्ब ८१ अर्ब १३ करोड ८३ लाख
  • सहकारीलाई धेरै ब्याज लिन बन्देज, मर्जरमा जानुपर्ने, कर्जाको बीमा गर्नुपर्ने
  • कर्मचारीका तलब पिरामिड वृद्धि तल्लो तहका २०%, माथिल्लो तहमा १८%
  • १ हजार बढ्यो वृद्धभत्ता, अब मासिक ३ हजार
  • गैर आवासीय नेपालीलाई दोस्रो बजारमा पनि लगानी/कारोबार गर्न दिने
  • सांसद्लाई ६ करोड
  • बायोग्याँस उत्पादन गर्ने । एलपी ग्याँसको खपत कम गर्ने
  • किसानका लागि कल सेन्टर बनाउने
  • स्वास्थ्य बिमा कार्यक्रमलाई ६ अर्ब
  • गर्भदेखि मृत्युसम्मको सामाजिक सुरक्षा सरकारले लिने
  • दलित, कर्णाली, तराई मधेश, गरिब बालबालिकालाई बाल संरक्षण अभियानमा १ अर्ब ६४ करोड
  • सामाजिक सुरक्षामा : ६४ अर्ब ५० करोड रुपैयाँ
  • प्रधानमन्त्री कृषि परियाेजनामा ८ अर्ब १० कराेड विनियाेजन
  • कृषि सामाग्रीमा अनुदान दिइने
  • तराई मधेशमा सौर्य उर्जामा आधारित भूमिगत सिँचाइ सुरु गर्ने । समृद्ध तराई मधेश सिँचाइका लागि ९६ करोड
  • सुनकोसी डाइभर्सनमा २ अर्ब
  • आगामी आर्थिक वर्षलाई वृक्षारोपण वर्षका रुपमा मनाउने
  • भूमि ऐन ल्याउने । भूमीलाई वर्गिकरण गर्दै
  • महाभारत क्षेत्रमा शितल आवास विकास गरिने
  • चोभारमा अन्तर्राष्ट्रिय प्रर्दशनि स्थलसहितको सुख्खा बन्दरगाह निर्माण सुरु गरिने
  • कृषि उत्पादनमा आयातमा एन्टि डम्पीगं शुल्क लगाईने
  • पेट्रेलियम पाईपलाइनको काम यसै वर्ष सकिने
  • नेपाल र चीनबीच भएको व्यापार सम्झौताको पारवहन प्रोटोकललाई अन्तिम रुप दिई चीनको वन्दरगाहमार्फत तेस्रोमुलुकसँगको व्यापार सुरु गरिने
  • एक हजार मेगावाट क्षमता जलविद्युत् राष्ट्रिय प्रसारणमा जाेडिने
  • पूर्व-पश्चिम राजमार्गको लागि १९ अर्ब १८ करोड
  • बीपी राजमार्गमा ९६ कराेड
    मध्यपहाडी लोकमार्ग ४०० किमि कालोपत्र गर्न १२ अर्ब
  • तिनकुने-कोटेश्वर-धुलिखेल-सूर्यविनायकमा सुरुङ मार्ग
  • आगामी वर्ष २ सय पुल बनाइने
  • पेट्रोल र डिजेलमा एक रुपैयाँ थप शुल्क लिइने
  • काँकडभित्ताबाट विद्युतीय रेल बनाउन सुरु गर्ने
  • भारत र चीनको रेल दुई वर्षभित्र विस्तृत सम्भाव्यता अध्ययन गरिने
  • काठमाडौं लगायतका सहरमा मेट्रो मानो रेल बनाउने, माेनाे रेल, मेट्रो रेलका लागि ७ अर्ब ७० करोड
  • नारायणी र कोशीमा पानी जाहाज चलाइने
  • प्रदेशका सहर र काठमाडौंमा विद्युतीय बस सञ्चालनमा ल्याइने
  • काठमाडौंमा ३ हजार व्यक्ति अटाउने हल निर्माण गरिने
  • सबै प्रदेशमा २ हजार व्यक्ति अटाउने हल निर्माण गर्ने
  • पुनर्निर्माणमा १ खर्ब ४१ अर्ब
  • धरहरा आगामी दुइ वर्षभित्र निर्माण गरिने, १ अर्ब बजेट विनियोजन
  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक बनाउने
  • सरकारी विज्ञापनको रकममा १५ प्रतिशतले बृद्धि
  • डिजिटल नेपाल बनाईने
  • बिमा कम्पनीलाइ पनि मर्जरमा लगिने
  • नेसनल पेमेन्ट गेटवेको व्यवस्था गरिने
  • एक्सन रुमबाट विकास आयोजना प्रत्यक्ष अवलोकन गरिने
  • भिसा सेवा अनलाई बनाईने
  • दुइ वर्षभित्र एक नेपालीले एक परिचय पत्रमात्रै बाेके हुने

_______________________________

Source: Karobardaily

Live Updates Covid-19 Cases