News
Financial Notices  

बैंक तथा वित्तीय संस्थाहरूको सम्पूर्ण सूचना अब एकै Click मा

कारोबार पत्रिका, ट्रिउम्फ मिडियाले नेपालमा पहिलो पटक वित्तीय सूचना प्रदायक वेव साइट फाइनेन्सियल नोटिसेस् डट कम यसै आर्थिक वर्षदेखि सञ्चालनमा ल्याएको छ । सबै बैंक तथा वित्तीय संस्थाहरूको सम्पूर्ण सूचना, एउटै अनलाइनबाट जानकारी दिने उद्देश्यले फाइनेन्सियल नोटिसेस् डट कम सञ्चालनमा ल्याइएको जनाएको छ । नेपालभरिका वाणिज्य बैंक, विकास बैंक, फाइनान्स, माइक्रो फाइनान्स, बिमा कम्पनी, मर्चेन्ड बैंकर र सहकारी संस्थाहरूले पत्रपत्रिका वा विभिन्न माध्यमबाट प्रकाशित गर्ने सम्पूर्ण सूचना तथा जानकारीहरू, सेयरसम्बन्धी सूचना, रोजगारीसम्बन्धी सूचना, ब्याजदर, कर्जा भुक्तानी, वित्तीय विवरण, ई–बैंकिङ सेवा÷सुविधा, विलय सूचना, बैंकिङ समय, वार्षिक साधारणसभाको सूचना, बोलपत्र आह्वानको सूचना जस्ता सम्पूर्ण सूचनाका साथै शाखा कार्यालय, एटीएम रहेको ठाउँ, शाखारहित बैंकिङ संस्था तथा बिमकहरूको जानकारी एउटै वेब पोर्टलबाट सहजै रूपमा पाउन सकिने कम्पनीले जनाएको छ ।
बैंक तथा वित्तीय संस्थाहरूलाई यस फाइनेन्सियल नोटिसेस्को माध्यमबाट वित्तीय साक्षरता प्रदान गर्न, सामाजिक उत्तरदायित्व वहन गर्न, प्रवद्र्धनात्मक योजनाहरूलाई प्रभावकारी बनाउँदै ग्राहकमुखी बन्न र प्रत्येक नागरिकहरूकोे आर्थिक सूचनाको हकसम्बन्धी अधिकार प्राप्त गर्ने उपयुक्त स्रोत बनाउनका लागि सघाउ पुग्ने कम्पनीको दाबी छ ।

Live Updates Covid-19 Cases